०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई शक्ति र धम्की भाषा प्रयोग नगर्न चेतावनी दिएका छन् ।बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान समारोह गरेर गुटगत भेला गरे कारवाही हुन सक्ने संकेत गरेका प्रधानमन्त्रीलाई उहाँले अहंकारको भाषा प्रयोग नगर्न सुझाव दिए । कारबाही गरेर राजनीतिक अगाडि नबढ्ने भन्दै उहाँले आफूहरू कारबाही भोग्न तयार रहेको बताए ।अंहकारी शैली बढ्दै गए प्रधानमन्त्रीको दुखमा दुईथोपा आसु चुहाउने मान्छे पनि फेला पर्न नसक्ने भन्दै उनले इतिहासको कठघरामा उभिँदा आइपर्न सक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । इतिहासले सोधेका प्रश्नको उत्तर दिन नसकेका बेला प्रधानमन्त्री ओलीलाई इतिहासले कठोर कारबाही गर्ने दाबी गरे ।

उनले भने, “कारबाहीले मुलुक अघि बढ्दैन । राजनीति अगाडि बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अंहकारपूर्ण अभिव्यक्ति हो । हामीलाई कुनै दुःख छैन । हामी सबै एकपछि अर्को कारबाहीको निम्ति लामबद्ध छौं । कारबाही खानका लागि तयार छौं । हामीलाई कुनै पश्चताप छैन । मुलुकका लागि संविधानका लागि र हामीले प्राप्त गरेको जनसमर्थनका लागि उभिएको मान्छे हो । हामीलाई त्यसमा कुनै हिनताबोध छैन । त्यसैले तपाईंले गर्ने प्रत्येक कारबाहीका लागि हामी लामबद्ध छौं । जब इतिहासको कठघरामा तपाईं उभिनुभएको छ । जब इतिहासले सोधेका प्रश्नको तपाईं उत्तर दिन असमर्थ हुनुहुन्छ, त्यो बेला इतिहासले तपाईंलाई कठोर कारबाही गर्छ । सायद त्यो बेला तपाईंको निम्ति दुईथोपा आँशु चुहाउने मान्छे नहुन पनि सक्ला । त्यसैले धम्कीको भाषा नबोलौं । संयमताका साथ अगाडि बढौं मेरो आग्रह छ ।”

उनले पार्टीको इतिहासतर्फ फर्केर हेर्न र दललाई सुदृढ बनाउने काममा लाग्न पनि उनले प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।उनले भन्ने, “म पार्टीको तर्फबाट, सांसदको तर्फबाट अध्यक्षलाई भन्न चाहन्छु दुई वर्ष बालुवाटारमा चैनका साथ बस्ने हो भने यो बारुदको गन्ध नफैलाउनुहोस् । यसले तपाईंलाई दुर्घटनातर्फ लैजान्छ ।”उनले भोलि बुधबार काठमाडौंमा हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्रीलाई अनुरोध गरे । देशभरिबाट आएका कार्यकर्ता नेकपा एमालेकै भएको र पार्टी अध्यक्षको हैसियतले आफ्ना कार्यकर्ताको भेलाको प्रमुख आतिथ्यता ग्रहण गरी सम्बोधन गर्न उनले आग्रह गरे । उनले भने, “यो भेला तपाईंकै हो । तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस् । कसैलाई तपाईंले खटाउनै पर्दैन नजर लगाउन । आफैं आउनुहोस् । यो भेलामा को–को आएका छन् देशभरिबाट तपाईं नै हेर्नुहोस् । प्रमुख आतिथ्यता ग्रहण गर्नुहोस् । उद्घाटन गर्नुहोस् । देशभरिबाट आएका तपाईंकै कार्यकर्ता हुन् । तपाईंकै सदस्य हुन् । के भन्नुहुन्छ उहाँहरूलाई तपाईंले भन्नुहोस् । त्यसको निम्ति म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । ”

प्रधानमन्त्री ओलीले बालुवाटारमा भएको चियापानमा भोलिको भेलामा पनि नजर लगाउने अभिव्यक्ति दिएका थिए ।नेता भट्टराईले आवेग र उत्तेजनामा नआउन प्रधानमन्त्रीलाई अनुरोध गरे ।उनले भने, “यो बुद्धको देशको हो । बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुदैन । प्रधानमन्त्रीजी बुद्धको अनुयायी पनि हुनुहुन्छ । बुद्धको अनुयायी पनि भएको प्रधानमन्त्रीलाई म यति मात्रै भन्न चाहन्छु , आज बालुवाटारमा तपाईको भाषा शक्तिको भाषा छ । म विनम्रताका साथ भन्नु चाहन्छु कि त्यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस् । मेरो सबैभन्दा पहिलो अनुरोध छ ।”

एमाले केन्द्रीय प्रचार विभाग प्रमुखसमेत रहेका नेता भट्टराईले दृढताका साथ राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन देशभरका सबैलाई आग्रह र अपिल गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]