यामाहाको महा एक्सेन्ज मेला सुरू भएको छ। यामाहाका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा महा एक्सचेन्ज मेला आज बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो।
एक हप्ता लामो यो महा मेला चैत ११ गतेसम्म चल्नेछ। मेलामा जुनसुकै ब्रान्ड र अवस्थामा रहेका पुराना मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिन्छ। एक्चेन्जमा बजार मूल्यांकनभन्दा थप १५ हजार रूपैयाँ दिने ग्यारेन्टी गरेको कम्पनीका मार्केटिङ अफिसर सुभेक्षा भट्टराईले बताइन्।
योसँगै कुनै पनि नयाँ मोटरसाइकल तथा स्कुटर किन्दा दस हजार रूपैयाँ छुट मिल्नेछ। त्यस्तै यामाहा मोटरसाइकल वा स्कुटर टेस्ट राइड गर्नेले आकर्षक उपहार समेत पाउने कम्पनीले जानकारी दिएको छ।