सप्तरी – अफगानिस्तानको एक विश्वविद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा १० जना विद्यार्थीको मृत्यु भएको छ ।
अलजजिराका अनुसार बन्दुकधारीहरुले काबुलमा रहेको विद्यालयमा विद्यार्थीहरुलाई नै लक्षित गरेर आक्रमण गरेका थिए ।
आक्रमणपछि त्यस क्षेत्रमा ठूलो विष्फोट भएको प्रत्यक्षदर्शीहले बताएका छन् ।
विद्यालयमा पुस्तक मेला चलिरहेको बेला सो आक्रमण भएको हो । आक्रमणमा अन्य धेरै घाइते भएको तर विवरण आउन बाँकी रहेको बताइएको छ ।