काठमाडौं – नेपाल इन्स्योरेन्सले चैत २७ गते ७२औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले एयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र संशोधन गर्ने, रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनीको नियुक्ति अनुमोदन गर्ने रहेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।
बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।