१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

काठमाडौं – विश्व बैंकले नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा खोपसहित सम्पूणर् व्यवस्थापनका लागि विश्व बैंकले ८ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउन लागेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समीर अधिकारीले कोरोना भाइरस (को भिड-१९) खोप अभियानसहित समग्र व्यवस्थापनका लागि विश्व बैंकले ८ अर्ब अनुदान सहयोग उपलब्ध गराउन लागिएको बताए ।यो अनुदान को भिड खो पसम्बन्धी समग्र क्रियाकलापका लागि खर्च गर्नुपर्ने गर ी दिन लागिएको मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

यो सर्त रहित भन्दापनि सर्तसहितको अनुदान सहयोग भएको स्वास्थ्य मन्त्रालयको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए ।कोरोनासम्बन्धी काममा मात्र लगाउने गरी विश्व बैंकको सहयोग भएको डा गौतमले जानकारी दिए ।यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्सअन्तर्गत दोस्रो लटको खोप यसै महिना (चैत) भित्रै नेपाल आइपुग्ने मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार डोज (मात्रा) खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता पनि आएको थियो ।

तर, त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र ३ लाख ४८ हजार डोज खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो ।अब दोस्रो चरणमा १९ लाख २० हजार डोज खोपमध्ये ६ लाख डोज खोप आउने अनुमान गरिएको छ ।कोभ्याक्स अभियानले औपचारिक रुपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइने छ ।यस्तै, नेपाल आफैंले भारतबाट खरिद गरेको २० लाख डोज पनि दुई साता भित्रै नेपाल आइपुग्ने जनाइएको छ ।

कोभ्याक्सअन्तर्गत अनुदानमा प्राप्त हुने खोप र खरिद गरेर ल्याउन लागिएको खोप आइपुगेपछि हाल नेपालमा स्थगित भएको खोप अभियान फेरि शुरु हुने जनाइएको छ ।अहिलेसम्म देशभर १७ लाख जनाले खोप लगाइसकेका जनाइएको छ । त्यसमध्ये पछिल्लो पटक खोप लगाएकाको दोस्रो चरणको खोप लगाउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]