११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ११, २०७७

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४७,२३९ संक्रमित भेटिएका छन् । यस्तै २३,९१३ संक्रमित निको भएका छन् भने २७७ को मृत्यु भएको छ ।

भारतमा लगातार पाँचौ दिन ४० हजारभन्दा बढी संक्रमित भेटिएको हो । मृत्युको आँकडा पनि यो वर्ष सबैभन्दा धेरै छ । यसैबीच भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय उडानमाथि लगाएको रोकलाई ३० अप्रिल (बैशाख १७) सम्म बढाएको छ ।भारतमा हालसम्म १ करोड १७ लाख ३३ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ३ हजार १६ बिरामी ठिक भइसकेका छन् जबकी १.६० लाखले ज्यान गुमाएका छन् । साथै ३.६५ लाखको उपचार चलिरहेको छ ।

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले सरकारले प्रदेशका २–३ शहरमा हरेक आइतबार लकडाउन गर्नेबारे विचार गरिरहेको बताए । उनले भने, ‘भोपाल र इन्दौरमा हरेक दिन ३ सय देखि ४ सय केस आइरहेका छन् । यदि यसै गरी संक्रमित वृद्धि भइरहे, हामी पुरानो स्थितिमा पुग्नेछौं । म मानिसहरुलाई कोरोना गाइडलाइन पालन गर्नुहोस् भनेर हात जोडेर अपिल गर्दछु ।’यस्तै दिल्ली सरकारले सबै हवाई अड्डा, रेलवे स्टेशन, अन्तर्राष्ट्रिय बस टर्मिनलमा अन्य राज्यबाट आउने यात्रीको र्यान्डम टेस्टिङ () अनिवार्य गरेको छ । दिल्लीमा सार्वजनिक स्थानमा होली र नवरात्रि मनाउन रोक लगाइएको छ ।

उत्तर प्रदेशमा होली अघि राज्य सरकारले केही निर्देशन जारी गरेको छ । यसमा पूर्व अनुमति बिना कुनै जुलुस निकाल्न सकिने छैन । ६० वर्षभन्दा बढी र १० वर्षभन्दा कम उमेरका बच्चालाई कुनै प्रकारको उत्सवमा भाग लिन अनुमति छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]