सप्तरी – सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन आज बिहिबार सम्पन्न एक खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सले जित दर्ता गरेका छन्।
राज रंगशालामामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गरे संगै रुपनि राईडर्स फाइनलमा पुगेका छन ।टिभीएस किंग्स राजविराजले दिएको १६२ रनको लक्ष्य रुपनीले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्न सफल भएका थिए ।
रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै अमित यादवले ३१ बलमा ५ चौका र २ छक्का मद्दतले ४५ रन तथा लोकेश बमले १२ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै यता अविजितले ३५ रन बनाए। निरज मुखियाले भन्ने २३ रन बनाएका थिए ।
टिभीएस किंग्सको बलिंगमा रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले समान १ विकेट लिएका थिए ।यस अघि टस जितेर ब्याटिंग रोजेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएका थिए ।टिभीएस किंग्सको लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४५ रन योगदान दिए जुन क्रममा ४० बलमा ८ चौका प्रहार गरे। सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३ रन, आसिफ शेखले १६ रन तथा रोबिन सिंह र सुदर्शन सिंहले समान १२ रन बनाएका थिए ।
रुपनी राईडर्सको बलिंगमा लोकेश बमले सर्वाधिक २ विकेट लिए। यस्तै फिर्दोश अन्सारी, सुनिल धमला, सुमित झा, अनिल यादव र अनुज कुमार यादवले समान १ विकेट लिए।त्यस्तै आजको खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका लोकेश बम चुनिएको हो ।