सप्तरीमा बसको ठक्करबाट सप्तरीका जसपा नेता भिमराज यादव गम्भीर घाइते भएका छन ।
जसपाका युवा नेता एवंम गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघिय समाजवादी फोरम बाट सप्तरीको राजबिराज नगरपालिकाको प्रमुख पदका प्रत्यासी रहेका भिमराज यादव र्दुघटनामा परी घाइते भएका छन ।
सप्तरीको राजबिराज नगरपालिका वडा न. ९ मलेठ स्थित निवासबाट स्कुटी चढी बजार तर्फ निस्केका बेला घर नजिकै अचानक बसले ठक्कर दिँदा यादव घाइते भएका हुन । तिब्र गतिमा गुडिरहेको ना ४ ख ७१८७ नम्बरको बसले ठक्कर दिए पछि सडक आसपास हिडिरहेका पैदल यात्रु, स्थानीयवासी र अरु सबारी चालकले बसलाई घेरा हाली नियन्त्रणमा लिएका थिए ।
यता ठक्करबाट घाइते ५० वर्षीय यादवलाई तत्काल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना गराइएको छ । उनको हाथ, खुट्टा, छाती र कम्मरमा गहिरो चोट देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपि राजेन्द्र धमलाले ठक्कर दिने गाडि र चालकलाई नियन्त्रणमा लिएर कार्वाही अधि बढाएको जानकारी गराए ।