नेकपा एमालेका नेता झलनाथ खनाल संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा आफू सहभागी हुने खनालले बताए।कलंकीमा खनाल र माधवकुमार नेपाल पक्षको बैठकलगत्तै पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै खनालले भने, ‘संसदीय दलको बैठकमा म जान्छु।’आज अपरान्ह ३ बजे बालुवाटारमा संसदीय दलको बैठक छ। उनले संसदीय दलको बैठक दलकै कार्यालयमा राख्नु राम्रो हुने पनि बताए।
उनले संसदीय दलको बैठकमा एक्कासी जाने निर्णय भने नगरिएको दाबी गरे। बालुवाटारमा राखेको बैठकमा आफूहरू सहभागी नहुने उक्त समूहले यसअघि बताउँदै आएको थियो।