०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १३, २०७७

काठमाडौं – भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बिहीबार साँझसम्म ती व्यक्तिमा संक्रमण पुष्टि भएको बताए।

‘एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ’, निर्देशक डा. पौडेलले भने। उनीहरूमा देखिएको भाइरसको प्रकारबारे अध्ययन गरिने डा. पौडेलले बताए। ‘संक्रमितको नमुना संकलन गर्छौं। नमुनाको र्‍यान्डमलाई जिन सिक्वेन्सिङ पनि गर्छौं। भारतमा देखिएको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन ) भएको भाइरस हो/होइन परीक्षणबाट पत्ता लाग्छ’, उनले भने। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँग सहकार्य गरी जनशक्ति एवं प्राविधिक पक्ष मिलाइएको छ। आवश्यक परे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रयोगशालामा पनि पठाइने डा. पौडेलले बताए।

कञ्चनपुरको गड्डाचौकी, गौरिफन्टा र बाँकेको जमुनाह नाकाबाट भित्रिएका नेपालीमा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। संक्रमितमध्ये अधिकांश गौरिफन्टा नाकाबाट प्रवेश गरेका नेपाली हुन्। उनीहरू भारतका गुजरात, दिल्ली, चेन्नई, मुम्बईबाट फर्केका हुन्।संक्रमणको उच्च जोखिम भएका भारतीय क्षेत्रबाट रोजगारी गरेर फर्किएका व्यक्तिको सीमा नाकामा एन्टिजेन परीक्षण गरिएको डा. पौडेलले बताए। ‘सीमावर्ती जिल्लाहरूमा विशेष सतर्कता अपनाइएको छ। भारतबाट स्वदेश फर्कनेको अभिलेखीकरण र स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ’, उनले भने, ‘घर फर्केका व्यक्तिलाई ५ देखि १० वटा मास्क वितरण भइरहेको छ।’

बिहीबार थप १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। २ हजार ८ सय ९१ स्वाब परीक्षण गरिएको थियो। योसहित संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ। पछिल्लो २४ घण्टामा ८५जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]