माओवादी केन्द्रका नेता तथा पूर्व गृह तथा उर्जामन्त्री जर्नादन शर्मा प्रभाकरले फुटबल खेलले सहकार्य र प्रतिस्पर्धाको भावना बढ्नेछ भन्दै नेपालको राजनितिक खेलमा राजनितिक खेलाडीले गोलपोष्ट एकातिर र गोल अर्कोतिर भएको बताएका छन् ।
शुक्रबार बागमती गाउँपालिकाको आयोजनामा सञ्चालित चौथोँ बागमती गोल्डकपको उद्घाटन गर्दै नेता शर्माले गोलपोष्ट र गोल हान्ने नीति र विधि भन्दा बाहिर गएर खेल्ने खेलले गर्दा खेरी आज राजनिति संकट अवस्थामा देखा परेको छ । शर्माले राजनितिक खेलाडीका लागि रेफ्रि भनेका जनता र गोल संविधान हो, गोललाई गोलपोष्टमा छिराउनु भनेको संविधान कार्यान्वनय हो तर यहाँ जनताको माइन्युटलाई वेवास्ता गर्दै फोहोरी खेल खेलिरहेको यो सरकारलाई जनताले रेडकार्ड देखाइसकेको बताए ।सरकार र नेताप्रति उनले दुईचार जनाले नेताहरुले गोलपोष्टतिर होइन लाइनम्यानको काम गर्नेलाई हुत्याउर्दै अगाडी बढ्ने प्रयत्न गर्छन भीरतिरको बाटो रोज्छन र अरु शक्तिहरुको आदेश अनुरुप काम गर्छन भने त्यो कुरा स्विकार्य नभएको बताउदैं नेता शर्माले जनता बाठो भइसकेका छन् सबै राजनितिक खेलाडी सहकार्य र प्रतिस्पर्धी भावनाले अघि बढ्न आग्रह गरे ।
राष्ट्रको हितको साझा अभियानका साथ खेलमा भएको जस्तो सहकार्य र सहयोगबाट केहि सिक्दै अघि बढिनुपर्ने बताए । भष्ट्रचारको विरुद्ध आफ्नो प्रतिबद्धता जनाउदै सबै जनता अब राष्ट्रिय स्तरको भष्ट्रचारको विरुद्ध लाग्न आग्रह गरे । गाउँपालिकालाई गरिबी अन्त्य गर्न गाउँपालिका लाग्नुपर्ने बताउदैं उनले किसानलाई उत्पादन सँग जोडिएर बजेट विनियोजन गरि आर्थिक बृद्धि गर्न काम गरिनुपर्ने बताए ।
उनले जनताले रेड कार्ड देखाइसकेता पनि खेल खेलिरहे भने जिन्दगीभर रेस्टिकेट हुनुपर्ने अवस्था आउन सक्ने बताए ।