सप्तरी – धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेकाे छ ।
आगलागिबाट सर्वस्य गुमाई बिच्चलीमा रहेका सप्तरीको सुरुंगा नगरपालिका वडा न.-३ भुसिमहौलियाका ४ जना अंग्निपीडित परिवारहरुलाई अाज क्लबले राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन । क्लवले राहत स्वरुप त्रिपाल झुल तन्ना धोती साड़ी थाल ग्लास डेकची कराही र छोलनी लगायतका राहत सामग्रीहरु वितरण गरेकाे संस्थाका अध्यक्ष एवम् समाजसेवी ई.सूर्य नारायण यादवले जानकारी दिए। हिजाे आगलागि हुदा अनुमानित १५ लाखभन्दा बढिको क्षति भएको थियाे ।
उक्त राहत वितरणमा सप्तरीको सुरुंगा नगरपालिकाका नगर प्रमुख मुक्ति चौधरी,वडानं.-३ को वडा अध्यक्ष रुद्र बहादुर कार्की , प्रहरी चोकी लक्ष्मीपुर को प्रहरी सहायक निरीक्षक धनी लाल ठाकुर, सप्तरी अपांग संघ सप्तरी को अध्यक्ष एवम् राष्ट्रीय अपांग महासंघ प्रदेश नं.-२ को सदस्य बीरेंद्र कुमार चौधरी लगायतका
व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियोे ।