फ्रान्समा कोरोना भाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।
त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्समा अहिलेसम्म कोरोना भाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना संक्रमित भएको मन्त्रालयको तथ्याकं छ । अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोना भाइरसका कारण ९४ हजार २७५ जनाको मृत्यु भएको छ । कुल संक्रमितहरुको संख्याका आधारमा फ्रान्स पाँचौ अग्रस्थानमा रहेको छ ।
सबैभन्दा बढी अमेरिकामा संक्रमित रहेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, भारत र रुसमा धेरै संक्रमितहरु रहेका छन् । फ्रान्समा भन्दा पछाडी छैठौ स्थानमा बेलायत रहेको छ ।