रामेछाप – आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाउनेको मृत्यु भएको छ । शुक्रबार आफैलाई आगो लगाएका रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका हिराबहादुर भुजेलको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार भुजेलले शुक्रबार दिउँसो मट्टितेल छर्केर शरीरमा आगो लगाएका थिए । परिवारका सदस्यले तत्काल उद्धार गरी उपचारका लागि तामाकोशी अस्पतालमा भर्ना गरेका थिए ।तामाकोशीमा उपचार सम्भव नभएपछि काठमाडौंको कीर्तिपुर अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा भुजेलको शनिबार मृत्यु भएको हो ।
४३ वर्षीय भुजेलले मट्टितेल छर्किएर किन आगो लगाए भन्नेबारे खुल्न सकेको छैन ।