१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

काठमाडौं – कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म १३ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, प्रदेश कोषको समेत गर्दा १३ अर्ब ६ करोड खर्च भएको हो । यसमा स्थानीय तहले गरेको खर्च विवरण भने जोडिएको छैन ।प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट २ अर्ब ५२ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कोषमा २ अर्ब ९० करोड रुपैयाँ जम्मा भएको थियो । जम्मा भएकोमध्ये ३८ करोड रुपैयाँ खर्च भएको छैन ।महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार यो अवधिमा संघीय सरकारको बजेट प्रणालीबाट मात्रै ७ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ ।यस्तै, प्रदेश सरकारले २ अर्ब ९२ करोड रुपैयाँ कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च गरेका छन् ।

“स्थानीय तहको बाहेक प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, प्रदेश कोष, बजेट प्रणालीबाट हालसम्म कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि २०७६ चैत देखि २०७७ चैतसम्म १३ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ,” उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]