१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

हङकङ – २८ वर्षपछि हङकङको सिनेमा पहिलो पल्ट अस्करको मनोनयनमा परेका थियो तर यही साल हङकङले अस्करको यो समारोह प्रसारण नगर्ने भएको छ ।

यो साल अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा डेरेक साङको ‘बेटर डेज’ मनोनयनमा परेको छ । यसअघि सन् १९९३ मा मात्र हङकङको ‘फेयरवेल माइ ककुबाइन’ले विदेशी भाषाको फिल्ममा अन्तिम ९ मा मनोनयन पाएको थियो । ५० वर्षपछि पहिलो पल्ट हङकङले अस्कर अवार्ड समारोह प्रसारण नगर्ने निर्णय गरेको हो । हङकङको टीभीबीले सन् १९६९ यता यो समारोह प्रसारण गर्दै आएको थियो । तर, टीभीबीका प्रवक्ताले व्यापारिक कारणले अस्कर समारोह नदेखाउने निर्णय गरेको जानकारी दिएका छन् ।

‘यो विशुद्ध व्यापारिक कारणले गरिएको निर्णय हो । यो साल हामीले अस्करको प्रसारण नगर्ने निर्णय गरेका हौं,’ प्रवक्ताले भनेका छन् । अहिलेसम्म हङकङका अरु च्यानल र पे टीभी च्यानलले पनि यो समारोह किनेर प्रसारण गर्ने योजना सार्वजनिक गरेका छैनन् । टीभीपीले यसलाई व्यापारिक निर्णय भनेर ढाकछोप गर्ने प्रयास गरे पनि यो सबै बेइजिङको इसारामा भएको हो । यही महिनाको सुरुवातमा बेइजिङको मिडिया रेगुलेटरले चीनका पत्रपत्रिकालाई अस्करका समाचार नछाप्न र लाइभको कभरेज नगर्न पनि निर्देशन दिएको थियो । बेइजिङ यसरी अस्करसँग रुष्ट हुनमा दुइटा कारण रहेको बताइएको छ ।

एउटा त अस्करमा यो चोटि हङकङमा भएको चीन विरोधी प्रदर्शनको बारेमा बनेको डकुमेन्ट्रीको मनोनयन हो । सन् २०१९ मा हङकङमा प्रजातन्त्र प्राप्तिका लागि लामो समय प्रदर्शन भएको जसको बारेमा बनेको डकुमेन्ट्री ‘डु नट स्पिल्ट’यो पटक डकमेन्ट्री विधाको मनोनयनमा परेको छ अनि अर्को चाहिँ चिनिया फिल्ममेकर क्लोई झाओको उत्कृष्ट निर्देशकमा मनोनयन ।

क्लोईले चिनिया नीतिको आलोचना गरेको अन्तर्वार्ता केही समय अघि सतहमा आएको थियो । यही कारण चीनले उनले निर्देशन गरेको ‘नोम्याडल्यान्ड’लाई सेन्सरमा निकै दुःख दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]