१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा (सीबीपी)ले मलेसियाको टप ग्लोब कम्पनीले निर्माण गरेको पञ्जा जफत गर्न निर्देशन दिएको छ ।

कम्पनीले पञ्जा उत्पादनको क्रममा श्रम शोषण गरेको भन्दै सीबीपीले पञ्जा जफतको लागि निर्देशन दिएको हो ।सीबीपीले आफूसँग श्रम शोषण भएको हो भनेर पुष्टि गर्ने पर्याप्त प्रमाण रहेको दाबी गरेको छ । टप ग्लोब विश्वको सबैभन्दा ठूलो लेटेक्स पञ्जा उत्पादक कम्पनी हो । यो कम्पनीले विश्वका १९५ मुलुकमा पञ्जा निर्यात गर्दै आएको छ । कम्पनीले श्रम संस्कार सुधारका लागि उल्लेख्य कदम चाल्दै आएको बताउँदै आएको छ ।

सीबीपीले सस्तो मूल्यमा पञ्जा बिक्रीको लागि श्रम शोषणलाई सहन नसकिने बताएको छ । गत जुलाईमा अमेरिकाले टप ग्लोबका दुई कम्पनीका उत्पादनमा प्रतिबन्ध लगाएको थियो । अहिले भने टप ग्लोबले उत्पादन गरेका सबै किसिमको पञ्जामा प्रतिबन्ध लगाइएको हो ।

टप ग्लोबमा मजदुरहरुलाई समयभन्दा बढी काममा लगाएको र उनीहरुको काम गर्ने तथा बस्ने ठाउँको अवस्था पनि सही नभएको अमेरिकाको आरोप छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]