०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

भिडियो शेयरिङ एप टिकटक पछिल्लो सयमा विश्व बजारमा रुचाइएको सामाजिक सञ्जाल हो । छोटो समयमा कम्पनीले ठूलो सफलता हात पारिसकेको छ । यस्तोमा कम्पनीको मूल्याकंन हरेक दिन करोडौंले बढिरहेको छ ।

यही क्रममा टिकटकको मुख्य कम्पनी बाइटडान्सको पछिल्लो बजार मूल्य सार्वजनिक भएको छ । प्राप्त जानकारी अनुसार सेकेण्डरी मार्केटमा टिकटकको मूल्यांकन २ सय ५० बिलियन डलर पुगेको छ । अर्थात बाइटडान्सको मूल्य मंगलबारको विनिमय दरअनुसार २८९ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।जुन नेपालको कुल बजेटभन्दा २० गुणा बढी हो । चालू आवका लागि नेपालको कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।यसअघि कम्पनीले व्यवसाय विस्तार गर्नका लागि थप लगानी भित्र्याउँदा कम्पनीको मूल्यांकन १ सय ४० बिलियन डलर गरिएको थियो ।कम्पनीले हालसम्म आईपीओ जारी गरेको छैन । यस्तोमा यति छोटो अवधिमा कम्पनीको मूल्याङ्कन कसरी बढ्यो भन्ने विषय रहन्छ । यसको कारण केही समय अघिमात्रै कम्पनीका संस्थापकले सर्वसाधारणमा आईपीओ जारी गर्ने भनी जानकारी दिएका थिए ।

जसको असर कम्पनीको मूल्याङ्कनमा उल्लेख्य वृद्धि भएको जनाइएको छ । योसँगै बाइटडान्सको मूल्याङ्कन एक्सन मोबी क्रप तथा कोकाकोला कम्पनीभन्दा बढी भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]