काठमाडाैं – गण्डकी प्रदेश सभा बैठक चैत २५ बाट बस्ने भएकाे छ। गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले विधेयक अधिवेशन बोलाउने निर्णय गरेको हाे।
गण्डकी प्रदेश सभा बैठक छ महिनादेखि बस्न सकेकाे छैन।संवैधानिक व्यवस्था अनुसार छ महिनामा संसद बोलाउनुपर्ने वाध्यात्मक अवस्थाले संसद बैठक बोलाइएको हाे।
चैत २६ गते संसद बस्न नसकेको छ महिना पुग्दै छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अमिक शेरचनलाई संसद आह्वान गर्न सिफारिस गरेको हो।