जनवरीमा १७/१७ चिनियाँ र अन्तर्राष्ट्रिय विशेषज्ञले कहाँबाट कोरोना फैलियो भन्ने शोध गर्दा चीनको वुहानलाई दोषी पाएनन्। कोरोना फैलाएको आरोप लागेको वुहानका अस्पताल, बजार र प्रयोगशालाको १४ दिन अध्ययन गरे।
निष्कर्ष यस्तो चारवटा निकालेः
–भाइरस जनावरबाट मानिसमा सर्ने सम्भावना
–जनावरबाट मानिससम्म फैलँदा बीचमा एउटा कुनै जन्तु रहेको सम्भावना
–खानेकुराबाट मानिसमा सर्ने सम्भावना
–भाइरस प्रयोगशालाबाट मानिसमा फैलने सम्भावना निकै कम।