११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोपमा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउने गति ‘अस्वीकार्य रूपमा’ ढिलो भएको भन्दै आलोचना गरेको छ ।

डब्ल्यूएचओले यस क्षेत्रको स्थिति केही महिनादेखि निकै चिन्ताजनक रहेको जनाएको छ । युरोपको अधिकांश क्षेत्रमा खोप लगाउने अभियानमा ढिलाइ हुँदा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दो छ । ‘यस महामारीमा खोप नै उत्तम तरिका हो । यद्यपि खोप अभियानमा अस्वीकार्य रुपमा ढिलाइ भएको छ र युरोपमा महामारी फैलिरहेको छ’, युरोपका लागि डब्ल्यूएचओका निर्देशक हान्स क्लुजले एक विज्ञप्तिमा भन्नुभएको छ ।

गएको हप्ता डब्ल्यूएचओको युरोपेली क्षेत्रका अधिकांश देशमा कोभिड–१९ सङ्क्रमणमा वृद्धि देखिएको छ जसमा ५० भन्दा धेरै देश समावेश छन् र ग्रीनल्याण्डदेखि पूर्वी रुससम्म फैलिएको छ ।युरोपका लागि डब्ल्यूएचओका निर्देशक हान्स क्लुजले यस क्षेत्रका जम्मा १० प्रतिशत जनसङ्ख्याले खोपको एक डोज पाएको र चार प्रतिशतले पूरै डोज पाएको बताउनुभयो । ‘हामीले खोप उत्पादनलाई तीव्र बनाउनुपर्छ । ओप अभियानमा अवरोध कम गर्न पर्याप्त मौज्दात चाहिन्छ’, उहाँले भन्नुभयो ।

युरोपमा कोरोनाविरुद्धको खोप लगाउने गति बेलायत र अमेरिकाको तुलनामा निकै ढिलाइ देखिएको छ । युरोपमा ८० वर्षभन्दा माथिका उमेर समूहलाई छोडेर सबै उमेर समूहमा नयाँ सङ्क्रमण बढिरहेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण अस्पतालमा चिन्ताको विषय बनेको छ । यही कारण समस्या बढ्दै गएको हो । यसका साथै खोपको कम आपूर्ति हुँदा पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]