११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २०, २०७७

कञ्‍चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा गणना सुरु भएको छ । राष्ट्रिय गैंडा गणना कार्यक्रमअन्तर्गत बिहीबारदेखि शुक्लामा गणना गरिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकञ्जमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय गैंडा गणनामा खटिएका हात्ती र गणकहरू । निकुञ्जको मालुमेला पोस्टमा गणक, हात्तीका माहुतेसहितलाई प्रशिक्षणपश्चात् गणना सुरु भएको हो । चैत ९ मा छैटौं राष्ट्रिय गणनाअन्तर्गत पर्सा चितवन कम्प्लेक्सबाट सुरु भई अन्तिम चरणमा शुक्लामा गणना भइरहेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा पाइने क्षेत्रलाई तीन ब्लकमा विभाजन गरी गणनाको काम भइरहेको छ । मालुमेला, बेलडाडी र शुक्ला घाँसे मैदान क्षेत्रलाई ब्लकमा विभाजन गरिएको हो ।उक्त ब्लकहरूमा पालैपालो हात्तीमा गणकहरू खटिएर गैँडा खोज्नेछन् । उनीहरूले नजिकबाट हेड काउन्ट विधिबाट गणना गर्नेछन् । गणनामा ४ हात्तीसँगै १२ माहुते, ८ गणक र १० व्यवस्थापक गरी ३० जना खटिनेछन् ।२०१५ को राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटामा गैंडाको संख्या ९ थियो । २०१७ मा चितवन राष्ट्रिय निकुञ्जबाट ५ गैंडा स्थानान्तरणपछि दुई वर्षअघि गरिएको अनुगमनमा यहाँ गैंडाको संख्या १७ पुगेको छ ।

निकुञ्जमा यसअघि अनुगमन क्रममा पहिचान गरिएका गैंडा विभिन्न चिह्नका आधारमा प्रत्यक्ष हेरेर गणना गरिनेछ । यसबाहेक नयाँ भेटिएकाहरूको पनि विस्तृत विवरण संकलन गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]