सप्तरी – नेपाली बजारमा यस साता सुनचाँदीको मूल्य बढेको छ ।
अघिल्लो साताको शुक्रबार तोलाको ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार १ सय रुपैयाँले बढेर ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजावी सुनको मूल्य तोलामा ८५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार १ सय रुपैयाँले बढेर ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, यस साता चाँदीको मूल्य पनि सामान्य बढेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।