१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

भारतमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन तीव्र रुपमा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ भन्दा बढी छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या एक करोड २३ लाख नाघेको छ । भारतमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या पनि एक लाख ६४ हजार नाघेको छ । सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ ।

महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेका बेला शुक्रबार उहाँले लकडाउन गर्ने योजना नरहेको स्पष्ट पार्नुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]