काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभावकारी बनाउनका लागि आफ्नो हातमा नतिजा नआएसम्म निरन्तर परामर्श गरिराख्ने बताएका छन्।
संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै सभामुख सापकोटाले भने, ‘प्रतिनिधिसभाले सोचेजस्तो अवस्थामा गति लिन सकेको छैन। संसदलाई प्रभाकारी बनाउन लागि रहेको छु।’ संसदलाई प्रभावकारी बनाएर जनताको कामप्रति जवाफदेही बनाउन पहल भइरहेको बताए।
‘अहिले सबै कुरा आफ्नो हातमा आइसकेको छैन। नतिजा नआए पनि आफूले निरन्तर परामर्श लागिरहन्छु’ उनले भने, ‘संसदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक छ।’