०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

दाङ – दाङ देउखुरीको लमही नगरपालिकामा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू आन्दोलित भएका छन् ।

यस अघि लमही नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा बहुमत कार्यपालिका सदस्यले हटाईएका गेहेन्द्रबहादुर डाँगीलाई पुन ल्याउन खोजेको भन्दै वडा अध्यक्ष सहित १९ जना कार्यपालिका सदस्य मध्ये १३ जना विरोधमा उत्रिएका छन् ।डाँगीले विभिन्न परियोजनामा घोटाला गरेको, योजना पूरा नहँुदै भुक्तानी दिएको, १४ रुपैयाँको औषधिलाई २८ रुपैयाँको टेन्डर पास गरेको आन्दोलित पक्षको आरोप छ । विरोध मै विषयगत समितिबाट १२ जना जनप्रतिनीधिहरुले सामुहिक राजीनामा समेत दिएका छन् ।उनीहरुले डाँगीलाई जम्मेवारी दिएमा नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार चेतावनी यस अघिनै दिइसकेका छन् । प्रशासकीय अधिकृत ल्याउने अधिकार नगर प्रमुखमा रहेको र यसमा अधिकांश सदस्य तथा वडा अध्यक्षहरुले मौन सहमती जनाएको नगर प्रमुख कुलबहादुर केसीको दाबी छ ।

उनले छिटैनै समस्याको समाधान खोजिने बताए । पारदर्शिताका साथ जनताको सेवामा काम गर्नका लागि नगरपालिकाले समाधान खोज्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]