११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

काठमाडौं – सानो भ-याङस्थित स्वस्तिश्री गुरुकुलले निर्माण गरेको एसजी इन्डोर हिटिङ पौडी पोखरीको शनिबार उद्घाटन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमबीच पौडी पोखरीको उद्घाटन गरे ।

पच्चीस मिटर लम्बाइ रहेको पौडी पोखरी ५ लेनको छ । नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुदअन्तर्गत महिला टिम इभेन्टकी स्वर्ण विजेता मध्यकी एक नयना शाक्य प्रशिक्षकका रुपमा रहेकी छन् । उक्त खेलकुदमा नयना सम्मिलित रुना प्रधान, स्टुती सिंह र रुबिना प्रधानको टोलीले स्वर्ण जितेको थियो ।नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा सहभागिता जनाएका चार खेलाडी उपास्ती महर्जन, अनुसिया तण्डुकार, तेन्जिङ रायन र सेरेन सिंह पनि स्वस्तिश्री गुरुकुलमै अध्ययनरत छन् । १३ औं सागमा अनुसियाले रिलेमा कांस्य पनि जितेकी थिइन् ।

प्रशिक्षक शाक्यले इन्डोर हिटिङ पौडी पोखरी भएकाले बाह्रै महिना सञ्चालनमा आउने भएको हुँदा नयाँ खेलाडी उत्पादनमा बढी सहयोग पुग्ने बताउदै राष्ट्रलाई पदक दिलाउने खेलाडी उत्पादन गर्नु आफ्नो लक्ष्य भएको बताइन् ।मन्त्री श्रेष्ठले देशको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम मध्यको एक खेलकुदलाई पनि प्राथमिकतामा राखी विभिन्न खेलको पूर्वाधार निर्माण गरेकोमा विद्यालय परिवारको प्रशंसा गर्दै धन्यवाद दिए ।स्वस्तिश्री गुरुकुलका प्राचार्य डा. हिमलाल घिमिरेले विद्यार्थीलाई पढाइका अलावा खेलुकदमा पनि संलग्न गराउने उद्देश्यले विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, इन्डोर कभर्डहल, जिम हललगायतका संरचना पनि निर्माण गरिएको जानकारी दिए ।

स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले पौडी पोखरी निर्माण गर्न करिब १० करोड खर्च भएको बताउदै विद्यालय हातामा रहेका पूर्वाधार राज्यलाई आवश्यक परेमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]