१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक २१, २०७७

सप्तरी – कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटकका लागिसमेत नेपाल प्रवेशमा गरिएको बन्देज खुला भएपछि सानो सङ्ख्यामा भए पनि पर्यटक नेपाल भित्रिन थालेका छन् । कात्तिक १ देखि विदेशी पर्यटकलाई पनि खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ ।

बोर्डका अनुसार पर्यटक खुला भएको महिना अक्टोबर ९कात्तिक०मा मात्रै एक हजार ८७४ जना पर्यटक नेपाल आएका छन् । कोभिड सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दी सुरु गरिएको चैत ९अप्रिल०यता सबैभन्दा धेरै पर्यटक यो भित्रिएको यो नै पहिलोपटक हो ।

अक्टोबरअघि अप्रिलमा १३, मेमा ३०, जुनमा एक सय, जुलाईमा १९५, अगस्टमा २६८ र सेप्टेम्बरमा ५८२ जना पर्यटक भित्रिएको बोर्डको तथ्याङ्कले देखाएको छ । सङ्क्रमणका बीच पनि पर्यटकका लागि नेपाल खुला गरिएपछि एकै महिनामा एक हजारभन्दा बढी पर्यटक नेपाल आएका हुन् ।

बन्दाबन्दी बीचमै पनि विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क रहे पनि उक्त सङ्ख्या खासगरी नेपालस्थित विदेशी कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घअन्तर्गतका निकायमा कर्मचारी मात्र रहेको बोर्डले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]