काठमाडौं – आज नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । बैठक कोटेश्वरस्थित पार्टी कार्यालयमा ११ बजेदेखि बस्नेछ ।
गत बिहीबार बसेको बैठकले एक दुई दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो । आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेर त्यसलाई केन्द्रीय कमिटीमा अनुमोदनमा लैजाने सक्ने बताईएको छ ।यस अघि नै समर्थन फिर्ता लिने सहमति भैसकेकोले आज औपचारिक निर्णय हुने बताईएको छ।
पुनर्स्थापित माओवादी केन्द्रले पार्टीको नयाँ संगठनका संरचना समेत बनाइ नसकेकोले यसपटकको केन्द्रीय कमिटी बैठकले ती विषयमा निर्णय लिनेछ। संगठन पुनः संरचनाबारे माओवादी केन्द्रले कार्यदल समेत बनाएको थियो ।