भारतमा पछिल्लो २४ घन्टामा ९२ हजार ९९८ कोरोना भाइरस संक्रमित थपिएका छन् । यो विश्वकै अन्य देशमा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी हो ।
पछिल्लो २४ घन्टामा संसारभर ५ लाख २८ हजार १९८ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा बढी भारतमा थपिएका हुन् ।भारतमा दैनिक संक्रमित बढ्दै गएका छन् । भातरीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ८९ हजारमा संक्रमण पुष्टि भएको थियो । ६ महीनायता पहिलो पटक भारतमा सबैभन्दा बढी संक्रमित थपिएका हुन् ।
एक सातामा थपिएका संक्रमितको औषत पनि भारतमा अन्य देशभन्दा बढी छ । यसमा भारतले अमेरिका र ब्राजिललाई पछि पारेको छ ।त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ५१४ जनाको मृत्यु भएको छ । यो पनि चार महीनायता सबैभन्दा बढी हो ।कोरोना संक्रमण उच्च रहेका राज्यमा नेपालसँग जोडिएको उत्तरप्रदेश पनि रहेको छ । उत्तरप्रदेशमा ३ हजार २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो ६ महीनायताकै उच्च हो ।
नेपालसँग जोडिएका पश्चिम बंगाल र बिहारमा पनि कोरोनाको संक्रमण उच्च रहेको छ । शनिबार पश्चिम बंगालमा १ हजार ७३६ र बिहारमा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।