१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

धनगढी – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको खनाल-नेपाल समूहका नेता भीम रावलले समानान्तर कमिटी बनाउने भएका छन् ।

सोमबारदेखि धनगढीमा सुरु भएको खनाल-नेपाली समूहको प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कमिटी बनाउने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, भीम रावल लगायत चार जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।निलम्बनपछि पहिलो पटक धनगढीमा बसेको प्रदेश कमिटीको बैठक मंगलबार पनि जारी रहनेछ । जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए । ९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने तायारी समेत भएको छ । नेता रावलले बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने जानकारी गराएका थिए ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]