०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

रोयटर्स – पछिल्लो १० वर्षदेखि जारी गुगल र ओरेकलबीचको मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले सोमबार गुगलको पक्षमा निर्णय सुनाएको छ ।

अल्फाबेट इनकर्पोरेटको गुगल कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टम (ओएस) बनाउन ओरेकल कर्पोरेशनको सफ्टवेयर प्रयोगलाई अदालतले संघीय प्रतिलिपि कानुनविपरित नरहेको फैसला सुनाएको हो ।ओरेकललाई उसको कोडमा प्रतिलिपि अधिकार लागु गर्ने अनुमति दिने हो भने जनताको ‘नयाँ कार्यक्रमको रचनात्मकताको भविष्य सीमित बनाउँछ’ न्यायाधीश स्टीफन ब्रेयरले फैसलामा लेखेका छन् ।

सन् २०१० मा ओरेकलले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन भएको दाबीसहित गुगलविरुद्ध मुद्दा दायर गरेपछि यीनिहरुबीचको विवाद बढेको थियो । ओरेकलले जिल्ला अदालतमा दायर गरेको मुद्दाको फैसला आफ्नो अनुकूल नभएपछि गुगलले सन् २०१८ मा फेडेरल सर्किटमा पुनरावेदनका लागि निवेदन दिएको थियो ।गुगलले आफ्नो जाभा सफ्टवेयरको ११ हजार ३३० लाइन कोड चोरी गरेको ओरेकलको आरोप छ गुगलले भने आफूहरुले कोड कपी नगरेको दाबी गर्दै जाभा सफ्टवेयर कोडका केही तत्त्वहरुलाई प्रयोग गरेको उल्लेख गरेको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा अवस्थित यी दुई प्रविधि कम्पनीको संयुक्त वार्षिक आम्दानी १७५ विलियन डलर रहेको छ । विश्वभरका ७० प्रतिशतभन्दा बढी मोवाइल फोन एन्ड्रोइड ओएसबाटै सन्चालित हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]