सुर्खेत – कर्णाली प्रदेशका ३ जना मन्त्रीले एकैपटक राजिनामा दिएका छन् । उनीहरुले मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष सामूहिक राजिनामा दिएका हुन् ।
नेकपा एमालेले माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको विश्वासको मत फिर्ता लिएसँगै ३ मन्त्रीले राजिनामा दिएका हुन् ।आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले एकैपटक राजीनामा पत्र बुझाएका हुन् । उनीहरु ३ जना नै नेकपा एमाले माधवकुमार नेपाल समूहका हुन् । ३ जना मन्त्रीले सामूहिक राजिनामा दिनुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकमा यी ३ जना मन्त्रीलाई पनि बोलाइएको थियो ।
राजीनामा दिएपछि आज संसदीय दलको बैठकमा सहभागी हुन ३ जना मन्त्री हिँडेरै गएका छन्।