भारतमा कोभिड १९ बाट पिडित १ लाख २६ हजार ७ सय ८९ नयाँ विरामी दर्ता गरिएका छन।
यसैगरी ५९ हजार २ सय ५८ जना विरामी अस्पतालबाट डिस्चार्ज भएका छन। भारतमा २४ घण्टामा ६ सय ८५ जनाको मृत्यू भएको छ। भारतमा हालसम्म कूल १ लाख ६६ हजार ८ सय ६२ को मृत्यू भैसकेको छ।त्यहाँ हालसम्म १ करोड २९ लाख २८ हजार ५ सय ७४ जना कोरोना पिडित भैसकेका छन। जसमा १ करोड १८ लाख ५१ हजार ३ सय ९३ जनालाई निको भैसकेको छ।
भारतमा हालसम्म ९ करोड १ लाख ९८ हजार ६सय ७३ जना मानिसहरुले कोरोना विरुध्द खोप लगाईसकेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।