म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागी मारिने प्रदर्शनकारीको संख्या कम्तिमा ६ सय पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। मारिनेमध्ये ४६ जना बालबालिका रहेका छन्।
म्यानमारमा गत फेब्रुअरी १ मा त्यहाँको सेनाले ‘कू’ गरी शासन सत्ता हातमा लिएको थियो। त्यसपछि त्यहाँ प्रजातन्त्र पुनस्र्थापनाको माग राख्दै म्यानमारी जनताले निरन्तर आन्दोलन गरिरहेका छन्।
प्रदर्शनकारीमाथि म्यानमारी सुरक्षा फौजले बर्बर दमन गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। हालसम्म ३ हजारभन्दा बढी प्रदर्शनकारीलाई सुरक्षा फौजले पत्राउ गरी थुनेको छ।