आजकै दिन सन् १९१२ मा टाइटानिक जहाज आफ्नो पहिलो र अन्तिम यात्रामा निस्किएको थियो । बेलायतको साउथेम्पटन महासागरमा एउटा हिमखण्डबाट ठोक्किएर दुई टुक्रा भयो । उक्त दुर्घटनामा १५ सय बढी मारिएका थिए । यो शान्तिकालको सबैभन्दा ठूलो समुद्री दुर्घटना हो । सन् १९९७ मा यो जहाजमा एउटा फिल्म बन्यो जसले यो जहाजलाई चर्चित बनाइदियो ।
टाइटानिकलाई २० औं शताब्दिको सुरुवातमा बेलायतको जहाज बनाउने कम्पनी ह्वाइट स्टार लाइनले बनाएको थियो । यो बनाउने काम सन् १९०९ मा सुरु भएको थियो र सन् १९१२ मा यो काम पूरा गरिएको थियो । २ अप्रिल सन् १९१२ मा यसको समुद्री परीक्षण भएको थियो । १० अप्रिल सन् १९१२ मा यो आफ्नो पहिलो यात्रामा निस्कियो । यात्राको चौथो दिनमा थियो । १४–१५ अप्रिल राती जहाज समुद्रमा बरफको एउटा पहाडसँग ठोक्कियो ।
दुर्घटनाको विषयमा धेरैले विभिन्न प्रश्न उठाउने गर्छन् । जहाजका क्याप्टेन स्मिथले हिमखण्ड भएको चेतावनीलाई नजरअन्दाज गरेको र जहाजको गति कम नगरेको धेरैले आरोप लगाउने गर्छन् । दुर्घटनापछि थुप्रै लाइफबोट आधा खाली नै पठाइएको र त्यो पछि यात्री लिन फिर्ता नभएको पनि बताइनछ । जहाजमा ३ दिनदेखि आगलागी भइरहेको पनि बताइन्छ । यसको जानकारी जहाजका क्याप्टेन र जहाजका केही सदस्यलाई पहिले नै थियो तर पनि यो कुरा लुकाइएको बताइन्छ ।
सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटनामा १५१७ जना मानिसको मृत्यु भएको थिए। टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महङ्गो पानीजहाज थियो। इङ्ल्यान्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्राका लागि निस्किएको थियो टाइटनिक । टाइटानिक नामक जहाज आफ्नो पूरा गतिमा बेलायतबाट अमेरिका जाँदै थियो । तर, बीच बाटोमै त्यो जहाज एक विशाल ‘आईसबर्ग’मा ठोक्कियो । त्यसको अढाई घण्टा पछि जहाज आन्द्र महासागरमा डुब्यो। फिल्म टाइटानिक यही घटनामा आधारित थियो।
यसबारेमा कयैन मिथक र कथा छन् र धैरेजसो मानिसहरूको जानकारी ऐतिहासिक तथ्यमा नभएर यसबारेमा बनेको चलचित्रमा आधारित छन्।