चीनमा बाढीको चपेटामा परेका २१ जनाको उध्दार गरिएको छ। त्यहाँ ८ जना नाबालकलाई पनि उध्दार गरिएको थियो।
उत्तरपश्चिम चीनको झिनजियांग उइगुर स्वायत्त क्षेत्रमा बाढी आएपछि कोइला खानीमा काम गरिरहेका कामदारलाई उद्धार गरिएको चीनको सरकारी अखबार चाइना डेलीले जनाएको छ।
उक्त घटना शनिबार साँझ भएको थियो। त्यहाँ २९ जना कामदार खानीमा काम गरिरहेका थिए।