०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २९, २०७७

अमेरिकामा ११ करोड ७१ लाखभन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको कम्तीमा एक डोज लगाएका छन् ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अहिलेसम्म अमेरिकामा समग्रमा १८ करोड ३४ लाख डोज कोरोना खोप दिइएको छ । जसमध्ये सात करोड ६ लाखभन्दा बढीले कोरोना खोपको पूरा डोज लिइसकेका छन् ।अमेरिकामा दुई डोज आवश्यक पर्ने फाइजर र मोडेर्ना र एकडोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । मे १ सम्ममा सबै अमेरिकी नागरिकलाई कोरोना खोप पुर्‍याउने अमेरिकाले लक्ष्य लिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना महामारी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् । गत जनवरी महिनामा अमेरिकामा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगे पनि त्यसयता भने नयाँ संक्रमितको संख्यामा केही कमी आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]