नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
सोमवार छापावाल सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतवार र सोमवार नै चाँदीको मूल्य स्थिर रहेको छ ।सोमवार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।