भारतको सर्वोच्च अदालतका धेरै कर्मचारीहरूमा कोरोना भाइरस भएको पाईएको छ। हाल ४४ जनामा कोरोना सम्बन्धि परीक्षण पोजिटिभ नतिजा पाईएको जनाईएको छ।
भारतीय सर्वोच्चका न्यायाधीशको कार्यालयका साथै अदालतका अन्य कार्यालयमा कार्यरतहरु मध्ये ४४ जना व्यक्ति संक्रमित भएका छन।यसै कारण हाल सर्वोच्च अदालतको कार्यतालिका निर्धारित समय भन्दा एक घण्टा ढिलो सुरु हुने गरेको छ। भारतीय सर्वोच्च अदालतमा ३ हजार ४ सय कर्मचारीहरुले काम गर्दछन।भारतमा कोरोना भाईरसको प्रकोप बढिरहेको पाईएको छ।
पछिल्लो २४ घण्टामा १ लाख ६४ हजार ९ सय १२ जना नयाँ संक्रमित फेला परेका छन। भारतमा गत २४ घण्टामा ९ सय ४ जनाको मृत्यू भएको छ। यसरि हालसम्म भारतमा हालसम्म कोरोनाबाट मर्नेहरुको संख्या १लाख ७० हजार १ सय ७९ पुगेको छ।