साउदी अरेबियाले उच्च देशद्रोह र दुश्मनसँग सहकार्य गरेको अभियोगमा तीन सैनिकलाई मृत्युदण्ड दिएको छ।
साउदी अरेवियाको रक्षा मन्त्रालयको एक विज्ञप्ति प्रकाशित गरी अदालतले मृत्युदण्ड सुनाएको उल्लेख गरेको छ। मृत्यूदण्ड सजाँय पाउनेहरुमा मोहम्मद बिन अहमद, शेर बिन इस्सा र हमद बिन इब्राहिम नामका तीन सिपाही छन। उनीहरूलाई शत्रुलाई सहायता गरेको आरोप लगाईएको छ।
एम्नेस्टी इन्टरनेसनल लगायत अधिकार समूहहरूले साउदी अरेविया सरकारलाई मृत्युदण्डको सजाय रोक्न आग्रह गरेका छन।