काठमाडौँ – सांसद प्रदीप गिरिले अब सहमतिको सरकार बनाउनु पर्ने बताएका छन् । संसद्को विशेष समयमा बोल्दै कांग्रेस सांसद विद्वान नेता प्रदीप गिरिले मुलुकमा अहिले देखिएको राजनीतिक अन्यौलतालाई चिर्न सहमतिको सरकार निर्माण गर्नु आवश्यक रहेको बताए ।
‘मुलुकमा देखिएको अन्योलचा चिर्न राष्ट्रिय सहमतिको आवश्यक छ । अहिले प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, महन्थ ठाकुर, प्रचण्ड, वर्तमान प्रधानमन्त्री लागेको आएका छन्,’ गिरिले भने, ‘यसरी समस्याको समाधान हुँदैन । राष्ट्रिय सहमतिले मात्रै समस्याको समाधान हुने बताउ ।’निर्वाचन पनि सहमतिको सरकारले र सबैको सहमतिमा गर्नु पर्ने गिरिले बताए । सहमतिमा निर्वाचन नभएमा २०४७ सालमा पछिको राजनीतिक अवस्थाजस्तै हुने गिरिले बताए ।
प्रधानमन्त्रीले गलत काम गर्न ‘इनफ इज इनफ’ गरिसकेको आरोप लगाए । गिरिले इङ्ल्याण्डको उदाहरण दिंदै नगर्नु पर्ने काम गर्न प्रधानमन्त्रीले ध्यान दिएको बताए । प्रधानमन्त्रीले काम नगरेर गफ दिएर जनता अल्मल्याउन लागि परेको बताए । प्रधानमन्त्रीलाई व्यङ्य गर्दै ओलीले भने, ‘भाषण गर्न त एसियामा मोदीले जित्लान्, अरुले त हाम्रा प्रधानमन्त्रीलाई जित्न सक्दैनन् ।’