बञ्चरो प्रहार गरी २०६० असोज १० गते बढैयाताल गाउँपालिका– ३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरो प्रहार गरी हत्या गर्नेलाई प्रहरीले १८ वर्ष पछि पक्राउ गरेको छ । हत्यामा संलग्न ९ जना मध्ये मुख्य योजनाकार कृपाराम खटिकलाई प्रहरीले सोमबार पक्राउ गरेको जनाएको छ ।
हत्यामा संलग्न अन्यलाई भने कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ गरी अनुसन्धान पश्चात सम्मानित बर्दिया जिल्ला अदालतको मिति २०६८ जेठ १० गतेको आदेशले जनही २० बर्ष कैद सजाय तोकिई जिल्ला कारागार कार्यालय बर्दियामा कैद सजाय बिताईरहेका छन् । पक्राउ परेका खटिक भने फरार रहेका थिए । उनी भारतमा घर बनाइ स्थायी रुपमा बसोवास गर्दै आएको र नेपाल आउन साथ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
खटिकलाई बर्दिया जिल्ला अदालत गुलरियामा उपस्थित गराईएको र सम्मानित अदालतबाट जिल्ला कारागार कार्यालय बर्दियामा चलान गरिसकिएको वर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।