११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

ताइपेई – ताइवानले आफ्नो हवाई क्षेत्रमा अहिलेसम्मकै धेरै चिनियाँ लडाकु विमान प्रवेश गरेको बताएको छ ।

सोमबार लडाकु र परमाणु–सक्षम बमवर्षकसहित २५ चिनियाँ विमान आफ्नो ‘वायु रक्षा पहिचान क्षेत्र’मा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।चीनले ताइवानलाई आफ्नै हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई सार्वभौम राष्ट्रका रूपमा लिने गरेको छ । अमेरिकाले पनि ताइवानमा हस्तक्षेप नगर्न भन्दै चीनलाई चेतावनी दिने गरेको छ । अमेरिकी चेतावनीका बाबजुद चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका हुन् । चिनको पछिल्लो मिसनमा १८ लडाकु विमान, परमाणविक हतियार बोक्न सक्ने ४ बमवर्षक, पनडुब्बीको आक्रमण रोक्ने २ विमान र प्रारम्भिक चेतावनी दिने एक विमान रहेको ताइवानले जनाएको छ ।

चिनियाँ विमानलाई चेतावनी दिन आफूहरूले लडाकु विमान र निगरानीका लागि मिसाइल सिस्टम तैनाथ गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।पछिल्लो समय चीनले ताइवानको दक्षिणी भाग र दक्षिण चीन सागरको बीचको अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमितजसो उडान भरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]