१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

पोखरा घुम्न आउनेहरूको लागि साहसिक गन्तव्य थप भएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले नयाँ वर्षको शुरूआतसँगै पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बन्जीको उद्घाटन गर्दैछ । जसको सफल परीक्षण भइसकेको बन्जीस्थलमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

प्याराग्लाइडिङका लागि उत्कृष्ट ठहरिएको पोखरालाई बन्जी जम्पको पनि हब बनाउन ८ करोड २५ लाख रुपैयाँ लगानीमा बन्जी जम्प सञ्चालनमा आएको कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए । पोखराका युवा व्यवसायी भट्टराईसहित कम्पनीमा राजु कँुवर, अशोक गुरुङ, दूर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपालबहादुर बराल क्षेत्रीको संयुक्त लगानी छ ।

क्यान्टिलिभर ब्रिजको डिजाइनमा निर्माण गरिएको बन्जी ३५ मिटर अग्लो टावरको फेदबाट जम्पका लागि ५५ मिटर लामो प्लेट फर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृंखला हेर्दै जम्प गर्न पाइने भएकोले यसको थप आकर्षण रहेको कम्पनीको दाबी छ । बन्जीको २ प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा छन् । यो नै २ फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट हो । साधारण बन्जीमा १०१ मिटर अग्लो प्लेट फर्मबाट गराइन्छ । साइकल जम्प, बकेट जम्प, टेन्डम जम्प लगायत विशेष जम्पको पनि सुविधा रहेको कम्पनी अध्यक्ष सन्तोष भट्टराईले बताए ।

परीक्षणको पहिलो जम्प गो बन्जी (बन्जी जापान) का संस्थापक बिउ रिटालिकले गरेका थिए । रिटालिकसँगै बन्जीको सञ्चालनका लागि जापानबाट बन्जी जापानकै जनरल म्यानेजर डेबिड पोखरा आएका छन् ।गो बन्जीको नेपाल फ्रेन्चाइजको रूपमा बन्जी नेपाल एड्भेन्जरको स्थापना भएको हो । गो बन्जीको विश्वभर ११ फ्रेन्चाइज रहेको छ । यसको मुख्य कार्यालय सिंगापुरमा छ । चीनमा रहेको विश्वकै अग्लो बन्जी जम्पजस्तै गो बन्जीकै फ्रेन्चाइजका रूपमा नेपालमा विस्तार गरिएको बताइएको छ । बन्जी परिसरमा रेन्टुरेन्ट तथा कफी शप समेत सञ्चालनमा आइसकेका छन् ।

दैनिक ४० जनासम्म बन्जी गर्न सक्ने क्षमता रहेको र नियमित रूपमा सञ्चालन भए ५ वर्षभित्र लगानी उठाउन सकिने कम्पनीले जनाएको छ । पोखरा महानगरपालिका–२५ हेमजामा ५ वर्षअघि जिप फ्लायर कम्पनीले बन्जी जम्प सञ्चालन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]