०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

जापानले फुकुशिमा आणविक भट्टीबाट निस्कने पानीलाई समुद्रमा पुर्‍याउने निर्णय लिएपछि धेरै मुलुकले चिन्ता व्यक्त गरेका छन् ।

तर समुद्रमा छोड्नुअघि १० लाख टन पानीलाई फिल्टर गर्ने जापानको भनाइ छ । यस्तो स्थितिमा समुद्री वातावरणमा कुनै नकारात्मक असर नपर्ने उसको भनाइ छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल रहेर नै समुद्रमा पानी छोड्ने जापानको भनाइ छ ।

तर चीनले यस कदमको खुलेर विरोध गरेको छ । यो गैरजिम्मेवार कदम चालेमा चीनले कठोर जवाफ दिने भनी चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाले पनि यस कदमको विरोध गरेको छ ।

भट्टीबाट निस्कने पानीमा रेडियोएक्टिभ तत्त्व कायम रहने विश्वास गरिएको छ । त्यसले समुद्रको जीवन विशेषगरी माछाहरूलाई हानि गर्ने सम्भावना छ ।

अमेरिकाले भने जापानको यस कदमको समर्थन गरेको छ । अमेरिकाका अनुसार, जापानले पारदर्शिता अपनाउँदै अन्तर्राष्ट्रिय मापदण्ड पालन गरेको छ ।

पानी फिल्टर गर्न र समुद्रमा छोड्नका लागि दुई वर्ष लाग्ने जापान सरकारको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]