०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्ने एनसेलले जनाएको छ।

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यो डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन्। योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुनेछ।ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो योजना चैत्र ३१ गते मङ्गलबारदेखि संचालनमा आएको छ।

डबल डेटा योजना अन्तर्गत ग्राहकले ३० दिनदेखि एक दिनसम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन्।यो आकर्षक योजनाअन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन्।ग्राहकले यो योजनाअन्तर्गत मात्र रु ४९९ मा २० जीबी (१० जीबी + १० जीबी) डेटाको मजालिन सक्छन्। बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने छ।त्यस्तै रु १३९ मा १४ दिन समयसिमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबी + २ जीबी)को फाइदा लिन सक्छन्।

त्यस्तै ३ दिन समयसमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमापनि डबल डेटा भोलुम योजनाअन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी + १५० एमबी) डेटाको फाइदा लिन सक्छन्।एक दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकको हकमाग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमामात्र योजनाअन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ। यसका साथै डेटा सापटी सेवाअन्तर्गत रु ४० मा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उही शुल्कमा ६०० एमबी डेटाको मजा लिन सक्छन्।

नयाँ वर्षको यो योजना अन्तर्गत रु ५० वा सो भन्दामाथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको छ। रु ५० देखि रु ९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि रु ५० एमबी बोनस डेटा प्राप्त गर्दछन्।बोनस डेटा १ दिनको लागिमान्य रहने छ। त्यसै गरि रु १०० देखि रु १९९, रु २०० देखि रु २९९, रु ३०० देखि रु ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश रु १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन्।त्यसैगरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबीबोनस डेटा तथा रु १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा यो योजना अन्तर्गत बोनस स्वरुप प्राप्त गर्दछन्।

नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लगि उही शुल्कमा डबल डेटा भोलुम प्रदान गर्न पाएकोमा निकै खुसी रहेको कम्पनीले जनाएको छ।यस योजना अन्तर्गतको डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटाले ग्राहकको संचारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँ वर्षमा आफ्ना परिवार तथा साथीभाइसँग डिजिटल माध्यमबाट सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ७८ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन्। यो योजना वैशाख १४ सम्म संचालनमा रहने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]