मुम्बई – बलिउडमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दो छ । एकातर्फ फिल्महरुको रिलिज मिति सरिरहँदा सुटिङ भइरहेका फिल्महरुको काम पनि रोकिने क्रम बढेको छ ।
बलिउड लाइफमा प्रकाशित समाचारअनुसार शाहरुख खानको निर्माणाधिन फिल्म ‘पठान’को सेटमा कोरोनाको प्रवेश भएको छ । जसकारण शाहरुख सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।फिल्म ‘पठान’को सेटमा एक सदस्यलाई कोरोना संक्रमण भएको छ । जसकारण यशराज ब्यानरको यो ठूलो बजेटको फिल्मको सुटिङ रोकिएको छ ।शाहरुखले कोरोना टेस्ट गरेका छन् या छैनन् केही खुल्न सकेको छैन । यद्यपि यशराज ब्यानरले आफ्नो सुटिङ सेटमा कोरोना देखिएको बारे कोही बोलेको छैन ।
कोरोना भाइरसका कारण केही दिन अघि फिल्म ‘पठान’को सेट निर्माणको काम रोकिएको थियो । महाराष्ट्रमा अचानक कोरोनाको मामला केही समय यता ह्वात्तै बढेको छ । जसकारण फिल्म सिटीमा बनिरहेको ‘पठान’को एक सेटको निर्माण काम रोकिएको छ ।यो फिल्मको सुटिङका लागि केही केही दिन अघि फिल्म युनिट दुबई पुगेको थियो । त्यहाँको छायांकनको काम सकेपछि उनीहरु मुम्बई फर्किएका थिए ।