११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०२, २०७८

सप्तरी – आज ०७८ वैशाख दुई गते पर्ने सिरुवा पवानी पर्वमा पूर्वी तराईका पाँच जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले ती जिल्लामा बिदा दिने निर्णय गरेको हो ।

सो दिन राजवंशी, ताजपुरिया, गन्गाई, माझी, यादव ,थारु लगायत समुदायले सिरुवा पवानी पर्व मनाउने गर्दछन् । यो पर्व झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा मनाउने गरिन्छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गर्नुभएको विज्ञप्तिमा सिरुवा पर्व वैशाख २ गते बिहीबार पर्न गएको हुँदा सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ ।

सिरुवा पवानी पर्व पूर्वी नेपालका आदिवासी जनजातिले मनाउने एक पर्व हो । यो पर्व तीन दिनसम्म मनाउने गर्दछन् । यस पर्वमा पानी छ्याप्ने, काद (हिलो) छ्याप्ने, रंग दल्ने गरेर रमाइलो गरिन्छ । पर्वको पहिलो दिनमा पानी छ्याप्ने, दोस्रो दिनमा हिलो छ्याप्ने र तेस्रो दिनमा रंग दल्ने गरिन्छ ।

यस पर्वको अवसरमा परिवारका सदस्य एक ठाउँमा जम्मा हुने, एक अर्कालाई आशिर्वाद दिने, आफ्नै भेषभुषा लगाउने, मिठो खाने, नाच्ने, गाउने गरिन्छ ।

सिरुवा पर्वलाई नयाँ सालको रुपमा मनाउने गरेका पाइन्छ । ‘सिर’ को अर्थ सुरु र ‘उवा’ को अर्थ साल अथवा वर्ष हो । यसरी सिरुवालाई सुरुको वर्ष वा नयाँ वर्ष भनि अर्थ लगाएको पाइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]