एशियन बक्सिङ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका भारतीय खेलाडीमा कोरोनाको कहर देखिएको छ । आगामी मे महिनामा हुने एशियन बक्सिङ च्याम्पियनसिपका लागि तयारीमा हरेका ३४ बस्सरमा ३० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
हिन्दुस्तान टाइम्सले जनाएअनुसार भारतीय बक्सिङ संघले खेलाडीलाई विशेष सावधानीका साथ क्याम्पमा राखेको थियो । तर पछिल्लो पटक गरेको परिक्षणमा एकै पटक ३० जनामा कोरोना पोजेटिभ देखिएको बताएको छ ।पोजेटिभ देखिएका सबै खेलाडीलाई आइसोलेसनमा राख्नुका साथै अरु खेलाडीलाई पनि क्वारेन्टिनमा राखेको छ । यसका साथै अब प्रशिक्षण केहि समयका लागि स्थगित गरिएको छ ।
पछिल्लो पटक भारतमा कोरोनाको प्रभाव एकाएक बढेको छ । दैनिक दुई लाख कोरोना पोजेटिभ देखिएका छन । यस्तै मृत्यु हुनेको संख्या पनि दैनिक एक हजार काट्न थालेको छ ।भारतमा कोभिडको संक्रमण बढेपछि एशियन बक्सिङ च्याम्पियनसिप पनि अन्योलमा परेको छ ।